+

हाम्रो शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक

२०७८ साउन  २२ गते ८:५३ २०७८ साउन २२ गते ८:५३
हाम्रो शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक

हामीले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय तरकारीहरु हाम्रो शरीरका विभिन्न अंगहरुसँग मिल्दोजुल्दो हुन्छन् । ती अंगसँग मिल्ने तरकारीहरुको पौष्टिक विशेषता छुट्टाछुट्टै हुन्छ । यस्ता थुप्रै खानेकुरा छन्, जो हाम्रो शरीरको अंगसँग मिल्दोजुल्दो देखिन्छ । प्रकृतिको वरदान नै भनौं, जुन अंगसँग मिल्दो खानेकुरा छ त्यसले सोही अंगलाई खास फाइदा गर्छ
मिर्गाैलाका लागि फाइदाजनक राजमा

राजमालाई अँग्रेजीमा किड्नी बिन भन्छन् । यसको अकार किड्नी अर्थात् मृगौलासँग मिल्दोजुल्दो हुने भएकोले यसको नाम किड्नी बिन राखियो । तर त्यतिमात्रै नभएर यो मिर्गाैलाकै स्वास्थ्यको लागि फाइदाजनक पनि मानिन्छ । राजमा सिमी जातको गेडागुडी हो । राजमामा म्याग्नेसियम, कर्बोहाइड्रेट, फस्फोरस, भिटामिन बि, आइरन एवं अन्य आवश्यक पोषक तत्वले भरिपूर्ण हुन्छ ।

पाचनग्रन्थीको लागि उपयुक्त शखरखण्ड

शखरखण्ड तपाईंको पाचन ग्रन्थीको सुधारको लागि फाइदाजनक मानिन्छ । यसको आकार पनि पाचन ग्रन्थीसँग मिल्दोजुल्दो देखिन्छ । शखरखण्डमा भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ । शखरखण्डले अग्न्याशय नामक ग्रन्थी अंग तपाईंको पेटबाट खाना पचाउने काममा सहयोग गर्ने गर्छ । त्यहाँ हुने इन्सुलिनले शरीरमा ग्लुकोज र चिनीको तहलाई सन्तुलित गराउने गर्छ । त्यसैले शखरखण्ड पाचन ग्रन्थी सुधारको लागि उपयुक्त मानिन्छ ।

आँखाको लागि उपयुक्त गाजर

गाँजरको नियमित सेवनले हाम्रो आँखा तेज बनाउन मद्धत गर्छ भन्ने मान्यता पाइन्छ । तर यसले तत्काल परिणाम देखिने गरी काम नगरी यसले विस्तारै आँखालाई फाइदा पुर्याउने गर्छ । यसलाई अँग्रेजीमा क्यारोट भन्ने गरिन्छ । यसमा थोरैमात्रामा क्यारोटिन पाइन्छ भन्ने आधारमा यसको नामाकरण गरिएको पाइन्छ । क्यारोटिन शरीरमा भिटामिन एमा परिणत हुन्छ । यसले हाम्रो आँखालाई उमेर बढ्दै गए पनि तेजिलो बनाइराख्न मद्धत गर्छ । यसले ज्येष्ठनागरिकमा हुने दृष्टि दोष रोक्न सहयोग गर्छ ।

गर्भाशयको पोषणको लागि एभोकाडो

एभोकाडो जसरी गर्भाशय आकारको देखिन्छ । त्यसरी नै यसले काम पनि गर्भाशयको सुरक्षाको नै गर्छे गर्छ । वनस्पति शास्त्रीह एभोकाडोमा फ्लोरिक एसिडको मात्रा प्रचूर रहेको बताउँछन् । यसले गर्भाशयलाई संकुचित बनाउने काममा मद्धत पु¥याउँछ ।

दिमागको लागि ओखर

ओखर पनि मान्छेको दिमागी सुरक्षा र वृद्धिको लागि एक उपयुक्त खानेकुरा हो । यसलाई हामीले सलादको रुपमा होस्, वा आइसक्रिमसँग र खाजाको रुपमा पनि खान सकिन्छ । स्वस्थ बोसोले मस्तिस्कको विकासमा पनि योगदान गर्छ । त्यसैले ओमेगा ३ फ्याटी एसिड युक्त ओखर हाम्रो दिमागी सुरक्षाको लागि उपयुक्त हुन्छ ।

मुस्कानको लागि केरा

केराको मान्छेसँग ठूलो सम्बन्ध छ । केराले मान्छेको पेट भर्ने र पौष्टिकतासँगै मान्छेको ओठमा मुस्कान भर्न पनि मद्धत गर्छ । केरामा ट्रिस्टोफान नामक एक अतिरिक्त विशेष प्रोटिन हुन्छ । जुन वास्तुवमा शरीरमा पचेपछि यसबाट सेरोटोनिनमा परिणत हुन्छ । सेरोटोनिनले मान्छेको अनुहारमा मुस्कान भर्न मद्धत गर्छ ।

श्वासकोशको विकासको लागि अंगुर

श्वासप्रश्वास प्रक्रियालाई सहज र निर्वाध बनाउनको लागि अंगुर उपयुक्त खानेकुरा हो । तर यो कति रसदार हुन्छ, त्यसको आधारमा पनि यसको फाइदा निर्धारण हुन्छ । यदि तपाईं एलर्जी वा अस्थामाको समस्यामा हुनुहुन्छ भने यो त्यसको समाधानको लागि उपयुक्त हुन्छ । प्रोन्थोसायनिडिन नामक रसायनले अस्थामा कम गर्न मद्धत गर्छ ।

शारीरिक सेलहरुको लागि प्याजको सेवन

प्याज काट्दा आँखाले जति पीडा भोग्छ, त्यसको सेवन शरीरका विििभन्न कोषहरुको विकासका लागि उति नै महत्वपूर्ण मानिन्छ । प्याजले तपाईंको कोषिकामा रहेका फोहोर सामग्रीहरु बाहिर निकाल्ने काम गर्छ । आँखाबाट आउने आँसुले पनि यसलाई जनाउँछ ।

ब्रोकाउली

ब्रोकाउली पनि शरीरमा हुने क्यान्सर कोशिकाहरुको स्वच्छताको लागि उपयुक्त मानिन्छ । यसको आकार पनि त्यही कोशिकासँग मिल्दोजुल्दो देखिन्छ । यी दुवै कुनै जंगल जस्तो देखिने खालका हुन्छन् । यो हप्ताको कम्तीमा एक दिन खान सक्यो भने स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

कानको स्वास्थ्यको लागि च्याउ

च्याउ कतिपय कानको आकारसँग मिल्दोजुल्दो हुन्छ । नेपालमा धेरैले कानबाट उम्रिएको किंवदन्तीको आधारमा च्याउ नखाने पनि गर्छन् । तर यसले हड्डीलाई बलियो बनाउनुका साथैकानको स्वास्थ्यमा पनि यसले ध्यान दिन्छ । यसमा भिटामिन डीको मात्रा धेरै पाइन्छ ।

सिँगो मानव शरीरको लागि मुला

मुलाको कतिपय आकार सिँगो मानव शरीरको आकारसँग मिल्दोजुल्दो देखिन्छ । जुन मानव शरीरको विकासकै लागि उपयुक्त मानिन्छ । यसले शरीरका विभिन्न भागमा हुने दुखाइ, क्यान्सर हुन नदिने, जस्ता रोगबाट टाउकोदेखि पैतालासम्मको स्वास्थ्यलाई मद्धत गराउँछ ।

अण्डाशयको स्वास्थ्यको लागि जैतुन

जैतुन इटाली, भूमध्य सागर लगायतको क्षेत्रमा मुख्य खानाको रुपमा प्रयोग गर्ने गरिन्छ । जस्तै, ग्रीक सलाद, चिकेन वा माछासँग पनि खाने गरिन्छ । जैतुन एक महिलाको अण्डाशय जस्तै पनि छ र त्यसैको स्वास्थ्यको लागि पनि सहयोगी छ ।

मुटुको स्वास्थ्यको लागि गोलभेडा

गोलभेडा मुटुको स्वास्थ्यसँग सम्बन्धित छ । यसको रंग रातो र आकार मुटुको जस्तै देखिन्छ । गोलभेडामा हुने लाइकोपीनले मुटु रोग लाग्ने सम्भावना कम गर्न मद्धत गर्छ ।

दाँतको स्वास्थ्यको लागि स्ट्रबेरी

स्ट्रबेरी फ्रागार्या प्रजातिको बिरूवा हो । यो फल विश्वव्यापी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो दाँतको सुरक्षाको लागि उपयुक्त हुन्छ । यो फल रातो रङ्गको हुन्छ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ ।

जीवनशैली स्ट्रबेरी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची