Comments Add Comment

माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिए : महेश बस्नेत

२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् ।

शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि विरोध गरेको भनी आलोचना गरेका छन् ।

‘चितवनको टाँडी एरियामा जहाँ कमरेड प्रचण्डको क्षेत्र पर्छ । त्यहाँ ५ हजार सुकुम्बासीले जग्गा पाउँनेवाला थियो । उहाँलाई लाग्यो, माडी एरियाका ५ हजार सुकुम्बासीहरुले जग्गा पायो भने अब आउँदो चुनाव मेरो पत्तासाफ हुन्छ । यस्ता स्वार्थका कारणले आज सुकुम्बासीहरुमाथि दमन गरिँदैछ’ उनले भने ।

यस्तै स्वार्थ एमालेकै वरिष्ठ नेता माधव नेपालको पनि रहेको उनले बताए। ‘मनोहरा क्षेत्र जहाँ मेरो निर्वाचन क्षेत्र र कमरेड माधव नेपालको सनर्वाचन क्षेत्र पर्छ । त्यहाँ ७१२ घर छन । त्यहाँ सुकुम्बासीले जग्गा ओगटे भनेर निकै ठूलो टाउको दुखाइ थियो उहाँहरुको’ नेता बस्नेतले भने ।

उनले सुकुम्बासीहरुको आन्दोलनमा सुकुम्बासीहरु मात्रै नगएको पनि प्रष्टीकरण दिएका छन् । ‘हिजोको जुलुसमा आधा जति मात्रै सुकुम्बासी हुन । अरु एकेवद्धता जनाउन गएकाहरु हुन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment