News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको र त्यो पार्टी अध्यक्ष केपी ओलीविरुद्धको आन्दोलन कमजोर पार्ने उद्देश्यले गरिएको बताएका छन्।
- उनले तीन वर्षअघि झुट्टा जाहेरी दर्ता भएको र त्यसमा प्रहरी अनुसन्धानले फर्जी प्रमाणित गरेको उल्लेख गर्दै पुनः पूरक जाहेरी दर्ता भई मुद्दा विचाराधीन रहेको बताए।
- बस्नेतले आफूविरुद्ध जाहेरी दिन लगाउने काम गृहमन्त्री सुदन गुरुङले गरिरहेको आरोप लगाउँदै फोन अफ र फरार भएको प्रचार पूर्णतः गलत भएको स्पष्ट पारेका छन्।
१५ चैत, काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका हुन् ।
‘मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ,’ उनले भनेका छन्, ‘तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो । उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ । सोही बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ । यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदैछ ।’
उनले आफूविरुद्ध जाहेरी दिन लगाउने काम गृहमन्त्री सुधन गुरुङले गरिरहेको आरोप लगाएका छन् ।
‘यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङ द्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ,’ उनले भनेका छन्, ‘मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ । यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन सावित हुनेछ।’
प्रतिक्रिया 4