+
+
Shares
एमाले सचिव महेश बस्नेतसँग संवाद :

‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’

अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ । यी तिनवटै बाटो हामी अपनाउँछौँ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले सचिवालय बैठक बस्ने र सदन, सडक तथा कानुनी लडाइँ अघि बढाउने तयारी गरेको छ।
  • एमाले सचिव महेश बस्नेतले कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अधुरो भएको र सरकारले क्याबिनेटबाट मुद्दा चलाउने निर्णय गरेको आरोप लगाएका छन्।
  • ओलीलाई बिहान ४ बजे पक्राउ गर्नु र हजारौं प्रहरी परिचालन गरी नाका बन्द गर्नु ज्यादतीपूर्ण भएको भन्दै पार्टीले प्रतिशोधपूर्ण गतिविधि भएको बताएको छ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी :

 

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ?

अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ । यी तिनवटै बाटो हामी अपनाउँछौँ ।

आज बिहान केन्द्रीय कार्यालयमा सचिवालयको बैठक छ । त्यसपछि केन्द्रीय सदस्य, जिल्ला सदस्य र प्रदेशका इन्चार्ज/पदाधिकारीहरूको बैठक बस्छ र आन्दोलनका कार्यक्रमहरू तय हुन्छन् । सदनदेखि सडक र कानुनी उपचारसम्म तीनवटै मोर्चामा सँगसँगै जान्छौं ।त्यो निर्णय पार्टीले गर्छ ।

एमालेको पहिलो माग के हुन्छ ?

पहिलो कुरा त, कार्की आयोगको प्रतिवेदन नै एकदम प्रतिशोधपूर्ण, आग्रहपूर्ण र अधुरो छ। त्यहाँमाथि सरकारले क्याबिनेटबाटै निर्णय गरेर मुद्दा चलाउने भन्नु संसारमा नभएको अभ्यास हो।

कतिसम्म पूर्वाग्रह देखियो भने, राजनीतिक मान्छेलाई चाहिँ तुरुन्त कारबाही अघि बढाउने अनि सुरक्षाकर्मीहरूलाई चाहिँ फेरि छानबिन गर्ने भनिएको छ। त्यहाँ अर्को पूर्वाग्रह देखिन्छ।

दोस्रो कुरा, सामान्यतया कसैलाई रातारात गिरफ्तार गर्नु भनेको सम्बन्धित व्यक्ति फरार हुने वा भाग्ने स्थिति हुँदा मात्र गरिन्छ ।

यहाँ त्यो परिस्थिति त होइन, तैपनि रातारात समातिएको छ। बिदाको दिन पनि बिहान ४ बजे नै पक्राउ गर्नुको मतलब, अदालतले भोलि बन्दी प्रत्यक्षीकरण वा म्याद नथपे पनि २४ घण्टासम्म थुन्न पाइन्छ भन्ने एउटा गलत मनसाय देखिन्छ। यो ‘नाङ्लो ठटाएर हात्ती तर्साउने‘ खालको मनसाय पनि हो।

सामान्यतया दक्षिण एसियामा नेपाल ‘राजनीतिक बन्दीहरू नभएको देश‘ भनेर चिनिन्थ्यो। यो लोकतन्त्रको एउटा राम्रो सूचक थियो, जहाँ तानाशाही थिएन। तर, हिजो सिंहदरबारदेखि हाम्रा सम्पदाहरू जल्दा सुरक्षाका लागि प्रहरी खासै परिचालित भएनन्, आफ्नै चौकीसमेत बचाएनन्। आज भने एउटा व्यक्तिलाई पक्रिन हजारौं प्रहरी खटाएर, चार-पाँचवटा नाका र सर्वसाधारणको आवागमनसमेत बन्द गरेर ज्यादतीपूर्ण ढंगले काम गरिएको छ।

बालेनजी र सुदनजी जो आफैँ घटनामा ‘डिस्कर्ड‘ प्रयोग गर्नेदेखि ग्रुप प्रोग्रामसम्मका कुरामा संलग्न छन् र कारबाहीको दायरामा आउनुपर्छ भनेर उनीहरूविरुद्ध नै धेरै ठाउँमा जाहेरी परेको छ, उनीहरूले नै यस्तो प्रतिशोधपूर्ण गतिविधि गरे। यसको त अब राम्रै प्रतिवाद भइहाल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?