+
+
Shares

संविधान विरोधीहरु धर्मको नाममा राजतन्त्र माग्न थाले : सांसद बिडारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १६:५१

२२ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी गरेका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले भने, ‘ संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’

उनले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताए ।  उनले भने, ‘राष्ट्रियसभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतीद्वारा ती नियुक्तिहरु बदर गरेर ठीक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौ।’

उनले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरीबहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गरे । वर्तमान सरकार मुलुकमारा र गरीबमारा हुन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?