+
+
Shares

माधव समूहलाई प्रदीप ज्ञवालीको जवाफ : अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १७:४१
फाइल तस्वीर

२२ साउन, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने बताएका छन् । माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ । ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय त्यसअघि नै गरिसकेको छ ।

आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं ।’

स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको, सत्ता पक्ष आक्रामक ढंगले आएको र जनविरोधी क्रियाकलाप गर्न थालेको भन्दै उनले प्रमुख प्रतिपक्षी पार्टी चाहिं हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?