+
+
Shares

सेती प्रादेशिक अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १८:२५

२२ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो भने अर्का मृतकको साउन २१ गतेदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

साउन यता कोरोनाका गम्भीर संक्रमितको संख्या वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल कोभिड अस्थायी अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये सातजनाको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?