+
+
Shares

त्रिविका परीक्षा स्थगित हुँदैनन् : परीक्षा नियन्त्रक जोशी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २३ गते १७:५९

२३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने अनलाइनखबरलाई जानकारी दिए ।

स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।

त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०/३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।’

कोरोना महामारी फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?