+
+

गुणस्तरीय उत्पादन मात्रै बिक्री गरेको डीडीसीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १०:०२

 २४ साउन, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले डीडीसी ब्राण्डका सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थहरु पूर्णरुपमा स्वच्छ र गुणस्तरीय भएको दाबी गरेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप उत्पादन हुने भन्दै डीडीसीले निर्धक्क भएर उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको समाचार प्रकाशित भएपछि डीडीसीले प्रष्टीकरण दिएको हो ।

साथै डीडीसीले नौनीबाट घ्यू पनि मापदण्डअनुसार नै उत्पादन गरी स्वदेश तथा विदेशका उपभोक्ताको माग अनुसार पूर्ति गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?