Comments Add Comment

पुस्तकालय अन्तरक्रिया

२४ साउन, काठमाडौं । पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, जिल्ला शाखा काठमाडौंको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भाद्र १५ गते मनाइने १४औं पुस्तकालय दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा नेपाल प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयबाट रजिष्ट्रार विष्णुकुमारी भट्टराई, एकता प्रकाशनका रामचन्द्र तिमोथी, महासंघका पूर्व अध्यक्ष धनराज आचार्य, त्रि.वि पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ, वनविज्ञान तथा वातावरण मन्त्रालयका लाइब्रेरियन प्रेमराज अधिकारीले प्रकाशक तथा पुस्तकालयका सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

प्रकाशक महेश शर्माले शिक्षा मन्त्रालयको पुस्तकालय दिवस आयोजक मूल समारोह समितिमा प्रकाशक तथा वितरकको पनि प्रतिनिधित्व रहनु पर्ने माग राखे भने शिक्षा मन्त्रालयका उपसचिव तथा १४ औं पुस्तकालय दिवस मूल आयोजक समारोहका सदस्यसचिव यादवचन्द्र निरौलाले पुस्तकालय दिवसको महत्व तथा तयारीका सन्दर्भमा धारणा राखेका थिए ।

डा. लिला न्याईच्याईले संचालन गरेको कार्यक्रममा श्रीधर आचार्यले स्वागत मन्तव्य, सह प्राध्यापकद्वय पार्वती पाण्डे र सरिता गौतमले पुस्तकालय तथा प्रकाशकको सम्बन्धको अन्तराष्ट्रिय अभ्यास तथा नेपालको अवस्थाका बारेमा प्रस्तुतीकरण गरे ।

नेपाल पुस्तकतथा स्टेसनरी व्यवसायीमहासंघ, जिल्लाशाखा काठमाडौं केन्द्रीय अध्यक्ष मनहरी बस्यालले यस कार्यक्रमको सान्दर्भिकताका बारेमा धारणा व्यक्त गरी कार्यक्रमको सफल संयोजन गरेकोमा किशोर पौडेललाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम पुस्तकालय तथा सूचना विज्ञान विभागिय प्रमुख निरा मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment