
बलिउडका नायक अमिताभ बच्चनको घरमा बम रहेको सूचना प्राप्त भएसँगै शनिबार बेलुकी मुम्बई प्रहरीले उनको घर वरिपरी जाँच गर्यो । अमिताभको घर अगाडि बम डिटेक्शन एन्ड डिस्पोजल स्क्वाडलाई पनि तैनाथ गरिएको थियो ।
प्रहरीले अमिताभको घरमा जाँच गर्दा केही पनि नभेटिएको बताएको छ । यो घटनाको छानविनका क्रममा २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फोनमा एक व्यक्तिले अमिताभको साथै दादर, सीएसटी र भायखलामा बम रहेको खबर प्रहरीलाई दिएका थिए । फोन गर्ने व्यक्तिले अमिताभको कुन घरमा बम छ भनेर जानकारी भने दिएका थिएनन् । यसैले, प्रहरीले उनको चारैवटा घरमा सुरक्षा तैनाथी बढाएको थियो ।
छानविनका क्रममा मदिरा सेवन गरेका २ व्यक्तिले मुम्बइका विभिन्न ४ स्थानमा बम राखेको झुटो खबर दिएको प्रहरीले बताएको छ । ती २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अमिताभको घरमा छानविन गरेपनि यो कुराको जानकारी अमिताभलाई भने दिइएको थिएन ।
प्रतिक्रिया 4