+
+

गुल्मीमा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १३:०७

२४ साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरेको छ । विभिन्न स्थानमा गरिएको छड्के चेकजाँचका क्रममा मास्क नलगाई हिंड्ने १६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । जसअन्र्तगत मास्क नलगाउनेहरुमाथि प्रहरीले निगरानी बढाउँदै आएको छ ।

प्रहरीले ६९३ जनालाई मास्क किनेर लगाउन लगाइएको जनाएको छ । त्यस्तै १५० जनालाई मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । केही हप्ता खुकुलो बनाइएको निषेधाज्ञालाई पूर्ण रुपमा कडाइ गर्दै समय थपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?