+
+
Shares

कोभिड -१९ राहतका लागि क्याटरपिलर फाउन्डेसन, नेपालमा सहायता विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १२:०९

क्याटरपिलर आइएनसीको परोपकारी अंगको रुपमा रहेको क्याटरपिलर फाउन्डेसनले कोभिड-१९का मामलाहरुको तीव्र वृद्धिसँग संघर्ष गरिरहेका मुलुकहरुका सहयोगका निम्ति लक्षित राहत प्रयासहरुको हालसालै शृंखलाबद्ध घोषणा गरेको छ । यसैको निरन्तर प्रतिक्रिया र सशक्त र लचिलो समुदाय निर्माणको प्रतिबद्धताका निम्ति यस फाउन्डेसनले नेपालमा आˆनो सहयोगको बिस्तार गर्दैछ ।

असिस्ट इन्टरनेसनलको सहकार्यमा क्याटरपिलर फाउन्डेसनले अत्यावस्यक चिकित्सा आपूर्तिहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, अप्रसारक भेन्टिलेटरहरु, आइसीयु भेन्टिलेटरहरु प्यासेन्ट मनिटरहरु, नेबुलाइजरहरु, र तीसँग सम्बन्धित उपकरणहरु पोखरा र आसपासका चार अस्पतालहरुमा प्रदान गरेको छ ।

प्राप्त गर्नेहरुमा पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाउँपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, र संक्रामक तथा सरुवा रोग अस्पताल रहेका छन् । बनेपामा रहेको स्किर मेमोरियल अस्पताल र काठमान्डूको कान्ति बाल अस्पतालले पनि चिकित्सा सामस प्राप्त गरेका छन् । क्याटरपिलर आइएनसीको नेपालका लागि डिलर ट्रयाक्टर्स नेपाल प्रालिले स्थानीय समुदायका यौ आवश्यकताहरु पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सहायताका निम्ति आभार व्यक्त गर्दै पोखरा एकेडेमी अफ हेल्थ साइन्सेसका निर्दैशक प्रोफेसर डा. भरत बहादुर खत्रीले कौभिड-१९ राहत प्रयास अन्तर्गत समयमै गरेको सहयोगका निम्ति फाउन्डैसन र असिस्ट इन्टरनेसलको प्रशंसा गरे ।
‘हामा समुदायको सुरक्षाका खातिर अथक रुपमा खटिने असिस्ट इन्टरनेसनल जस्ता हाम्ा अरु धेरै गैरनाफामुखी साझेदारहरुलाई सहयोग गर्न पाउँदा हामी गौरव महशुश गर्दछौं,’ क्याटरपिलर फाउन्डेसनका अध्यक्ष आशा वर्गिजले भनेे,’यी चिकित्सा आपूर्तिहरु नेपालमा कोभि्रड-१९ संक्रमणका बिरुद्ध लड्न अति उपयोगी छन् जसले अन्तत्वगत्वा अमुल्य जौवनहरुको रक्षा गर्नेछन् ।’

हालसम्म क्याटरपिलर फाउन्डेसनले सोझै कोभि्रड-१९ रेस्पोन्स र संसारभरका प्रभावित संस्थाहरुका निम्ति सहयोग भनेर -एक करोड बीस लाख अमेरिकी डलर प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?