
२६ साउन, काठमाडौं । १ सय ५० ग्राम सुनको बालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट उनलाई प्रहरीले मंगलबार विहान ९:४५ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप रस्नालु गाविस घर भइ हाल काठमाडौं महानगरपालिका-६ कुमारीगाल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।
बस्नेत जजिरा एयरलाइन्सको उडानद्वारा साउदीबाट काठमाण्डौं आगमन भएका विभिन्न यात्रुहरुलाई भन्सार छली गर्न लगाइ उक्त सुन ल्याउन लाएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4