
फाइल तस्वीर
२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’
सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ । सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनिटाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4