
२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । मंगलबार संघीय संसद भवन, नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।
त्यसक्रममा सदनलाई प्रभावकारी ढंगले अघि बढाउने र विधेयकहरुलाई अघि बढाउने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री र सभामुखबीचको भेटमा अर्थमन्त्री जनार्दन शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4