Comments Add Comment

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर दिए सप्तरीका सिडिओले नागरिकता

२७ साउन, सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि उनको घरमै गएको आचार्यले बताए ।

उमेर पुगेपछि राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको उनको भनाइ छ । नागरिकता प्रदान गर्दै आचार्यले उनलाई यथासक्य आवश्यक सहयोग पनि गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment