+
+
Shares

सगरमाथा र हिमालयन जनरल इन्स्याेरेन्स मर्ज हुँदै, देशकै ठूलो बिमा कम्पनी बन्ने

रोयल आचार्य रोयल आचार्य
२०७८ साउन २७ गते १४:२७

२७ साउन, काठमाडौं । बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् ।

यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्प्नी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।

नाम लगायका केही विषयमा सहमति जुट्न बाँकी रहेको श्रोतले बताएको छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?