Comments Add Comment

‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ

बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकका लागि पक्कै पनि विशेष नै हुन्छ । बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् ।

फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्र यात्राको क्रममा हुने विभिन्न घटनाहरुलाई समावेश गरेर फरहानले बनाउँदैछन् ।

यो चलचित्रको खबर सार्वजनिक भएसँगै आलिया भट्टको पुरानो एक अन्तरवार्ता पनि सार्वजनिक भएको छ, जसमा उनले फरहानको ‘दिल चाहता है २’मा श्रद्धा कपुर र परिणिती चोपडाको साथमा काम गर्न चाहेको उल्लेख गरेकी छिन् ।

फरहानले आलियाको यो कुरा सुनेपछि नै चलचित्रको कथा बुनेका थिए । यसअघि उनले ‘जिन्दगी ना मिलेगी दोबरा र दिल चाहता है’ लगायतका चलचित्र बनाएका थिए । बलिउडका तिन सर्वाधिक सफल र उच्च फ्यान कमाएका नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकलाई फरक अनुभुती हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment