Comments Add Comment

कुकुर बन्ध्याकरणका लागि गोरखामा विज्ञ टोली बोलाइने

फाइल तस्वीर

२७ साउन, गोरखा । कुकुर बन्ध्याकरणका लागि जिल्लामा केन्द्रबाट विज्ञ टोली ल्याउने तयारी गरिएको छ । भेटेरेनरी एम्वुलेन्स सहित केन्द्रिय पशु चिकित्सालयको टिम ल्याउने तयारी गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।

रेविज रोग नियन्त्रणका लागी भन्दै कार्यालयले चालु आर्थिक वर्ष कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको छ । कार्यक्रमका लागी गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट तीन लाख रकम विनियोजन भएको कार्यालय प्रमुख ऋषिराम सापकोटाले बताए ।

‘मंसिर महीनाबाट कार्यक्रम शुरु गर्छौं,’ उनले भने, ‘कुन पालिकामा कार्यक्रम गर्ने भन्ने बिषयमा छलफल र अध्ययन गरिरहेका छौ ।’ दोस्रो चौमासिकको कार्यक्रम भएकाले मंसिर महीनाबाट शुरु गरिने उनले बताए । बन्ध्याकरण गर्न गर्मीयाम भन्दा जाडोको समय उपयुक्त हुने उनको भनाइ छ ।

भुस्याहा कुकुरको विगविगी र रेविजको प्रकोप भएको पालिकामा कार्यक्रम सञ्‍चालन हुने बताइएको छ । भुस्याहा कुकुर र रेविज रोग नियन्त्रण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रम अन्तरगत छाडा छोडिएका पोथी कुकुरलाई कार्यालयमा ल्याएर बन्ध्याकरण गरिने छ । कुनै ठाउँमा शिविर सञ्चालन गरेर पनि बन्ध्याकरण गर्न सकिने कार्यालयले जनाएको छ ।

रेविज रोकथामका लागी भन्दै कार्यालयले शहिद लखन र भीमसेन थापा गाउँपालिकाका कुकुरहरुलाई रेविज बिरुद्धको खोप लगाएको छ । पूर्ण खोप कार्यक्रम अन्तरगत दुइ पालिकाका कुल ८ शय ९८ वटा कुकुरलाई खोप लगाइएको हो । जिल्ला सदरमुकाम पछिल्लो समय भुस्याहा कुकुरको बिगविगी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment