+
+

कर्मचारीको बढेपछिको तलब कति पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १८:०५

२७ साउन, काठमाडौं । सरकारले यही साउन महिनादेखि लागु हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको छ । अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलवमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउन लागेको हो ।

बजेटले सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न १ साउन २०७८ देखि लागु हुने गरी सबै राष्ट्रसेवकको तलवमान मासिक २ हजार रुपैयाँले बढाएको थियो । यस अनुसार नयाँ तलवमान कायम गरी एक दिन बराबरको ग्रेड रकम समेत थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बढेको तलवका लागि सरकारले आवश्यक बजेटको समेत जोहो गरेको जानकारी गराएको छ । अब सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीले बढेको तलब पाउनेछन् ।

२०५७ साल साउन १ गते भन्दा अगाडि प्राविधिक पदमा नियुक्ति पाई प्राविधिक वा सो सरह तलव भत्ता खाईपाई आएका राष्ट्रसेवक कर्मचारीका लागि २०५७ सालको विशेष व्यवस्था अन्तर्गत प्राविधिक ग्रेड वापत २०७८ असार मसान्तसम्म खाईपाई आएको रकम नयाँ तलवमानमा थप गर्ने समेत अर्थ मन्त्रालयले जानकारी गराएको छ । कर्मचारीको तलव यसअघि २०७६ साउनमा बढेको थियो ।

निजामती कर्मचारी कसको तलब कति ?

नेपाली सेनाको तलवमान

नेपाल प्रहरीको तलबमान

सशस्त्र प्रहरीको तलबमान

स्वास्थ्य सेवाका कर्मचारीको तलबमान

संसद सेवाका कर्मचारीको तलबमान

शिक्षकको तलबमान

प्रदेश र स्थानीय तहका कर्मचारीको तलबमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?