Comments Add Comment

फैसलालाई लिएर अदालतलाई दोष दिनुहुन्न : प्रधानन्यायाधीश जबरा

२७ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि फैसलालाई लिएर न्यायपालिकामाथि आरोपित नगर्न आग्रह गरेका छन् ।

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा गरेको कार्यक्रममा उनले अदालतले जहिले पनि समाजलाई हेरेर फैसला गर्ने भन्दै त्यसमा दोष लगाउने काम नगर्न आग्रह गरेका हुन् ।

‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न’ उनले भने, ‘यो आफैं महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् ।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको पनि बताए ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए ।

मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकता रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment