Comments Add Comment

पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ ।

पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्त्ता र बजार व्यापार अधिग्रहण गरेको छ।

एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुङ्गा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफै प्रयोग गर्नको लागि रुचाइएको ब्राण्ड हो।

एरल्डाइटले प्रयोगको व्यापक दायरा कभर गर्छ। यसले उपभोक्ता तथा निर्माणक्षेत्र र औद्योगिक प्रयोगमा उत्पादन र प्रदर्शनको लाभ अफर गर्ने कम्पनीले बताएको छ।

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक भरत पुरीले एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठित र प्रसिद्ध ब्रान्ड रहेको दाबी गरे।

‘यसले हाम्रो एड्हेसिभ र सिलेन्ट ब्रान्डको पोर्टफोलियो अझ बलियो बनाउन मद्दत गर्दछ। यस कदमपछि एरल्डाइट नेपालमा पिडिलाइट वस्तुहरुको रेन्जमा एक बलियो हिस्सा हुनेमा हामी विश्वस्त छौँ’, उनले भने।

नेपालमा एरल्डाइट धेरै आकारमा उपलब्ध हुनेछन्। (एरल्डाइट स्ट्यान्डर्ड १३ ग्राम ३६ ग्राम १८० ग्राम ४५०, ग्राम र एरल्डाइट क्लेएर १० ग्राम ९० ग्राम १८० ग्राम र एरल्डाइट एडब्लु१०६(१केजी)र एरल्डाइट एचभी९५३ ८०० ग्राममा उपलब्ध हुनेछन्।)

यी प्रोडक्टहरुको प्रतिस्पर्धात्मक रुपमा मूल्य निर्धारण भएको र केही महिनाभित्र पुरा नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

पिडिलाइट इन्डष्ट्रिज भारतको एक एड्हेसिभ तथा सिलेन्ट, निर्माण केमिकलहरु, शिल्पकलाका वस्तुहरु र पोलिमर इमल्सन निर्माण गर्ने कम्पनी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment