
काठमाडौं । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर चलचित्र क्षेत्र चलायमान बनाउने काममा विशेष पहल गरिदिन आग्रह गरेका छन् ।
बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा खड्काले नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गर्दै लकडाउनका कारण थला परेको चलचित्र क्षेत्रलाई माथि उठाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले चलचित्र क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताउँदै यस विषयमा आफ्नो तर्फबाट पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी चलचित्रकर्मी केएल पीडितले बताए ।
पूर्वसभामुख महराले चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताएको पीडितले जानकारी दिए ।
प्रतिक्रिया 4