
२८ साउन, काठमाडौं । चार दशकअघि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गरेका प्रा.डा. दयाराम श्रेष्ठको ‘यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन’ नामक पुस्तक बजारमा आएको छ ।
छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका छन् ।
श्रेष्ठको साहित्यको अनुसन्धान व्यवस्थापन(अनुसन्धान दर्शन) नामक पुस्तक हालसालै प्रकाशित छ । साथै ‘गद्यशैलीको रुपविज्ञान’ नामक पुस्तक प्रकाशनको तयारीमा छ ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4