Comments Add Comment

प्रक्रिया छोट्याएर भएपनि भदौ २३ अघि नै महाधिवेशन हुनुपर्छ : महर

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले भदौ २३ अघि नै पार्टी महाधिवेशन हुनुपर्ने माग गरेका छन् । उनले संविधानले दिएको समयसीमाभित्रै १४ औं महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेसका शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेका बेला नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महरले प्रक्रिया छोट्याएर भएपनि वैधानिक समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् ।

‘केन्द्रीय समितिले आफ्नो साढे ५ वर्षको कार्यकाल गुटउपगुट र भागबण्डामा गुजारेको यथार्थ हो,’ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा नेता महरले भने, ‘अब हामीसँग धेरै समय छैन । फास्टट्रयाकबाटै भएपनि समयमै महाधिवेशन हुनुपर्छ । महाधिवेशन पर धकेलेर फेरि अनिश्चित बनाउने काम गर्नुहुन्न ।’

संविधान अनुसार प्रत्येक राजनीतिक दलको प्रादेशिक र केन्द्रीय पदाधिकारी पाँच वर्ष ६ महिनाभित्र निर्वाचित हुनुपर्ने प्रावधान छ । कांग्रेसको अहिलेको कार्यसमितिले भदौ २३ गते संवैधानिक समयसीमा गुजार्दैछ ।

नेता महरले पार्टीका नौ लाख क्रियाशील सदस्यको प्रतिकूल हुने गरी कुनै पनि निर्णय गर्न केन्द्रीय समितिले सचेत गराए । महाधिवेशनको विकल्प महाधिवेशन नै भएको उल्लेख गर्दै उनले भने, ‘अब पनि यो मिलेन, त्यो मिलेन भनेर महाधिवेशनको विकल्प खोज्ने काम गरिनुहुन्न । हरेक क्रियाशील सदस्यले अधिवेशनमा सहभागिता जनाउने सुनिश्चिता हुनुपर्छ ।’

उनले क्रियाशील सदस्यताको अनुपातमा पार्टीको तल्लोदेखि केन्द्रीय निकायसम्म युवाको प्रतिनिधित्व हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment