Comments Add Comment

चिप्लिने दुर्गेश, सुधार्ने पल

नायक पल शाह र मोडल तथा गायक दुर्गेश थापाको मित्रता बलियो बनेको छ । विगत एक बर्षदेखि यी दुइ नजिक भएका हुन् । दुर्गेशले गतबर्षको तिहारमा पलकी बहिनीसँग भाइटिका लगाए ।

पल र दुर्गेशको मित्रताको चर्चा सांगीतिक बजारमा खुबै हुने गर्दछ । कतिपयले त दुर्गेश जस्तो विवादित मानिससँग पल किन नजिक भएका होलान् भनेर पनि टिप्पणी गर्छन् । तर, यसले यी दुइको मित्रतामा खासै फरक परेको छैन ।

दुर्गेश सांगीतिक क्षेत्रमा सर्वाधिक विवादमा आउने कलाकार हुन् । उनले, सार्वजनिक गर्ने हरेक गीतदेखि उनका विभिन्न क्रियाकलाप सधै विवादमा आउँछन् । दुर्गेश आफै पनि आफू बारम्बार चिप्लिने गरेको स्विकार गर्छन् । उनी भन्छन्–‘अब त राम्रो गर्छु भन्यो, केही न केही कुराले म चिप्लिहाल्छु । मलाई चर्चाको कुनै पनि लोभ छैन । चर्चामा आउनकै लागि मैले फन्डा पनि मच्चाएको होइन । तर, खै के गर्नु नचाहेर पनि म चिप्लिएको हुन्छु ।’

दुर्गेश पलको संगतमा आएपछि धेरै सुध्रिएका छन् । पलसँग सल्लाहा नगरी उनले कुनै पनि काम गर्दैनन् । पलले दुर्गेशलाई उनका गीतबाट विवादित शब्द थुप्रै पटक हटाउन पनि लगाएका छन् । पल भन्छन्–‘नेपाली संगीतमा पनि सेन्सर बोर्डको आवश्यकता औल्याइएको पनि छ । अहिले दुर्गेशको सेन्सर मै भएको छु ।’

दुर्गेश पलको संगतले आफू सुध्रिएको बताउँदै गर्दा पलले आफूबाट भने सिक्न लायक कुरा केही पनि नभएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment