
फाइल तस्वीर
२८ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारसँग माग गरेकी छन् ।
उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कूटनीतिक पहल नगरेकाले भूमि फिर्ता हुन नसकेको भन्दै वर्तमान सरकारले भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने बताइन् ।
बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्सा पारित त ग¥यौं, तर विगतको सरकारले कुटनीतिक पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन, नेपाली कांग्रेसको सरकारले त्यो जमिन फिर्ता ल्याउन पहल गरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4