Comments Add Comment

सामूहिक निर्णयमा अघि बढ्छु : कामु प्रधानसेनापति शर्मा

२८ साउन, काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले जंगीअड्डाका जर्नेलहरुको सामूहिक निर्णयका आधारमा नेपाली सेनालाई थप व्यवसायिक बनाउँदै लैजाने बताएका छन् ।

प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज्) र चार कमाण्डका सेनापतिलाई निर्देशन सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालमा सेना सामूहिक भावनाबाट अघि बढ्ने जनाए ।

शर्माले सेनालाई प्रचलित सैनिक, मूल्य, मान्यता र संस्कारबाट बाहिर जान नदिने पनि बताए । उनले परम्परागत आधारमै मातहतको फौज व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको जंगीअड्डाका एक जर्नेलले अनलाइनखबरलाई बताए ।

शर्माले ‘चेन अफ कमाण्ड’को पूर्णपालनमा पनि जोेड दिएका छन् । ‘सिधै रिपोर्टिङ गर्ने विषयलाई पूर्णतः राकेर, चेन अफ कमाण्डलाई नै अभ्यास गराउनुपर्छ’ शर्माले भनेका छन् ।

कोभिड–१९ भाइरसका कारण प्रभावित तालिमलाई पनि क्रमशः सुचारु गर्दै लैजान र त्यसका लागि तयारी थाल्न पनि उनले निर्देशन दिएको स्रोतको भनाइ छ । साथै, महामारीका सरकारले दिएको दायित्व पूरा गर्ने विषयमा केन्द्रीत हुन पनि उनले निर्देशन दिएका छन् ।

उनले बिहीबारबाट जंगीअड्डाका विभिन्न विभाग र उपत्यकाका युनिटहरुमा निरीक्षण भ्रमण पनि सुरु गरेका छन् । पूर्णचन्द्र थापा अवकाशको एक महिनाअघि विदा बसेपछि २४ साउनदेखि शर्मा कामु प्रधानसेनापतिको जिम्मेवारीमा छन् ।

यो पनि पढ्नुहोस सेनामा नेतृत्व फेरबदल : पूर्णचन्द्रको उत्तराधिकारी प्रभुराम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment