+
+

वीरगञ्जबाट पेस्तोलसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते २१:००

२८ साउन, वीरगञ्ज । प्रहरीले अवैध हातहतियार बेचविखन गर्न लागेको आरोपमा पर्सामा तीन जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका– १२ बस्ने ३५ वर्षीय अनिल साह, पकाहामैनपुर गाउँपालिका– ७ बस्ने ४० वर्षीय विजय कुमार पटेल र धरान नगरपालिका–१५ बस्ने ३२ वर्षीय रवि पौडेल पक्राउ परेका हुन् ।

वीरगञ्ज–१५ ब्रह्मचोक स्थित होटलमा ३ जना व्यक्ति सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेको सूच्ना पाएर पुगेको प्रहरीले शरीर जाँच गर्दा अनिल साहको साथमा पेस्तोल भेटेको थियो ।

तीनै जनालाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘हात हतियार किनबेच गर्ने उद्देश्यले उनीहरु होटलमा बसेका रहेछन्’ उनले भने ‘पेस्तोल सहित तीनै जनालाई पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?