+
+
Shares

हिमालयन बैंकले कमायो करिब ३ अर्ब मूनाफा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १०:२३

२९ साउन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँ मूनाफा आर्जन गरेको छ । हिमालयन बैंकले गत वर्ष २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले नाफा धेरै बढेको हो । बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । उता बैंकको सञ्चालन मूनाफा र प्रतिशेयर आम्दानी भने बढेको छ ।

यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ। दुई बैंकको वितरण योग्य नाफा ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?