Comments Add Comment

एभरेष्ट बैंकको मूनाफा १ अर्ब ८२ करोड

२९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७÷७८ मा एभरेष्ट बैंकले १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद मूनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७.३४ प्रतिशतले कमी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेसँग नाफामा पनि असर देखिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा बै‌कले बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेको हो ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment