Comments Add Comment

२६ बर्षमा सारा, जान्नुहोस् को–कोसँग जोडियो नाम ?

बलिउड नायिका साराअली खान आज आफ्नो २६ औं जन्मदिन मनाउँदैछिन् । सन् २०१८ मा चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी सारालाई उनको परिवार र आफन्तले मध्यरातमै केक काटेर शुभकामना दिइसकेका छन् ।
बलिउडमा छोटो समयमा नै चर्चा पाउन सफल यी नायिकाको प्रेम चर्चाले पनि समय–समयमा सामाजिक संजाल र मिडियामा चर्चा पाइरहेको हुन्छ ।

साराअली बलिउडमा प्रवेश गर्नु अगाडि नै उनको नाम महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशिल कुमार सिन्देका नाती वीर पहरियासँग जोडिएको थियो । साराले ३ बर्ष अगाडि दिएको एक अन्तरवार्तामा यो कुरा स्विकार पनि गरेकी थिइन् । साराले वीरसँग अलग भएपनि उनले आफ्नो दिल नतोडेको बताएकी छिन् । वीरसँग साराको सम्बन्ध अहिले पनि राम्रो रहेको बताइन्छ ।

सन् २०१६ मा मराठी चलचित्र ‘सैराट’को प्रिमियरमा साराले वीरले लगाइदिएको औठी समेत सार्वजनिक गरेकी थिइन् । साराको नाम उनको डेब्यू चलचित्र ‘केदारनाथ’का नायक सुशान्त सिंह राजपुतसँग पनि जोडिएको थियो । सारा र सुशान्त थाइल्याण्डमा छुट्टी मनाउन पनि पुगेका थिए । यस्तै, साराले सुशान्तको फार्म हाउसमा ५ दिन समय बिताएको पनि भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, सारा र सुशान्तले आफूहरुको प्रेमलाई भने कहिले पनि स्विकार गरेनन् ।

सुशान्तले सन् २०१९ को जनवरी २१ मा आफ्नो जन्मदिनको अवसर पारेर सारालाई प्रेम प्रस्ताव राख्ने तयारी समेत गरेका थिए । तर, यो समयसम्म उनीहरुको ब्रेकअप भैसकेको थियो ।साराको नाम नायक कार्तिक आर्यनसँग पनि जोडियो । ‘कफी विथ करण’ नामक टक शोमा साराले कार्तिक आफ्नो क्रस भएको बताइन् ।

यसपछि, यी दुइले चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरे । यो चलचित्रको निर्माणदेखि रिलिजसम्म यी दुइको प्रेमको खबर निकै चल्यो । तर, पछि यी दुइविच ब्रेकअप भयो । सारासँग ब्रेकअपपछि कार्तिकले उनलाई इन्स्टाग्रामबाट अनफलो समेत गरेका थिए । साराअली खान बलिउड नायक सैफअली खान र नायिका अमृता सिंहकी छोरी हुन् । बलिउडमा पाइला राखेको छोटो समयमै दर्शकको माया पाएकी सारालाई केही समय अगाडि ड्रग्सको मुद्दामा एनसीबीले बयान समेत लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment