+
+

अफ्ताव आलमको मुद्दा सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १२:१९
Photo Credit : फाइल तस्वीर

२९ साउन, काठमाडौं । आफू थुनाबाट छुटन पाउनुपर्ने भनी नेपाली कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । न्यायाधीशहरु प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा आलमले दिएको निवेदन पहिलो प्राथमिकतामा छ ।

बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत, रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् ।

कांग्रेस सरकारमा आए लगत्तै आलमको मुद्दा पेशीमा चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गतमहिना शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै विशेष अदालत हाजिर भएका विजयकुमार गच्छदार धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?