Comments Add Comment

मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुुरु भएलगतै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले संसदीय दलका नेता ओली ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भनेका थिए । एमाले प्रमुख सचेतक भट्टराईले त्यही बेला नियमापत्ति गरेका थिए ।

तर सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो मात्र भनेको र असंसदीय शब्दहरु संसदको रेकर्डबाट नहटेको भन्दै प्रमुख सचेतक भट्टराईले सभामुखको ध्यानाकर्षण गराए । एउटा सांसदले अर्को संसदलाई जभाभावी, निम्छरा शब्दहरु प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने उनले बताए ।

लगतै सभामुख अग्नि सापकोटाले ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावली प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment