
२९ साउन, काठमाडौं । भारतको जम्मु-कश्मिरमा भारतीय जनता पार्टीका एक नेताको घरमा बम आक्रमण भएको छ ।
भारतीय सञ्चारमाध्यमले बताए अनुसार जम्मु-कश्मिरको राजौरी जिल्लास्थित भाजपाका मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड आक्रमण भएको हो ।
बिहीबार राति भएको यो आक्रमणमा उनका भतिजाको मृत्यु भएको छ र परिवारका अन्य सातजना मानिसहरु गम्भीररुपमा घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार उनको घरको पहिलो तलामा उक्त विष्फोट गराइएको हो । भाजपाका नेताका परिवार र उनका समर्थकले समयमा नै उपचार नदिएको भन्दै अस्पतालभित्रै नाराबाजी गरेका छन् ।
अस्पतालका डाक्टर महजुर हुसेन बजरले यो घटनामा जसबीर सिंहको परिवारका आठ सदस्यलाई अस्पतालमा भनाए गरिएको र उनीहरुमध्ये गम्भीर घाइते भएका तीन वर्षका बालकको मृत्यु भएको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4