+
+
Shares

प्रहरी भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १३:३९

२९ साउन, झापा । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका-७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले आफूहरु सादा पोशाकका प्रहरी भएको धम्क्याउँदै राजवंशीको साथमा भएको एक हजार १०० लिएर गएको, साथै साउन १४ गते पुन: उनीहरुले राजवंशीको छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर कुटपिट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उप्रेती र खत्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?