+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

महामारीबाट प्रभावित उद्योग-व्यवसायले पाउने पुनर्कर्जालाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १७:०८

२९ साउन, काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८/७९ मा समेत निरन्तरता पाएको छ ।

महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले ल्याएको मौदि्रक नीतिमा उल्लेख छ ।

मौदि्रक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णय भएको हो । पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।

उता, कोभिड १९ महामारीका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरन्जन उद्योगलगायत व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने समेत नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?