+
+
Shares

धानबाली विशेषज्ञ बस्नेतको निधन

रासस रासस
२०७८ साउन ३० गते १७:५८

३० साउन, काठमाडौं । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) को अनुसन्धानमा संलग्न थिए ।

उनको शनिबार काठमाडौंको ओम अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको  योगदान रहेको थियो । बस्नेतका दुई छोरी र एक श्रीमती छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?