News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले भदौ १५ देखि २४ गतेसम्म बैठक बस्ने क्यालेन्डर स्वीकृत गरेको छ, तर विधेयक पारित गर्ने कार्यसूची राखिएको छैन।
- भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ भने नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौता पेस गरिनेछ।
- भदौ २४ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरिने कार्यसूची छ।
८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको संसदीय क्यालेन्डर तयार भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको क्यालेन्डर अनुसार भदौ महिनामा १५, १६, १७, २२, २३ र २४ गते बैठक बस्नेछन् । कुन बैठकको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम के हुन सक्ने भनेर विषय राखिएको छ ।
प्रतिनिधिसभामा रहेका विधेयक अगाडि बढाउने लगायतका विषय संसदीय क्यालेन्डरमा छ । तर भदौ महिनाभित्रै विधेयक पारित गर्ने कार्यसूची छैन ।
क्यालेन्डर अनुसार भदौ ९ गते शून्य समय चल्नेछ । शून्य÷विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत हुनेछ ।
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत; मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस हुनेछ ।
भदौ १० गते शून्य समय र विशेष समय चल्नेछ। अनि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची पनि छ ।
भदौ १५ गतेकर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
भदौ १६ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुनेछ ।
भदौ १७ गतेबालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
त्यसपछि अर्को बैठक २२ गते बस्नेछ। जहाँ नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
भदौ २३ गते मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
भदौ २४ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसरी भदौ महिनामा २४ गतेसम्म प्रतिनिधिसभाको बैठक बस्ने गरी क्यालेन्डर तयार भएको हो । जसमा विधेयक पारित नै गर्ने कार्यसूची समावेश छैन ।
प्रतिक्रिया 4