+
+
Shares

निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयो संसद् बैठक

रास्वपाको संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाको संसदीय दलको बैठक लम्बिँदा दिउँसो १ बजेका लागि आह्वान भएको प्रतिनिधिसभाको बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि सुरु भएको छ।

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि मात्रै सुरु भएको हो।

संसदीय दलको बैठकमा रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका हुन्।

संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भने सहभागी भएनन्।

आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

रास्वपा संसदीय दलले नै संसद् बैठकमा समयमै उपस्थित हुन सांसदहरूलाई केही दिन अगाडि निर्देशन जारी गरेको थियो। तर बुधबार रास्वपाकै बैठक लम्बिएका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?