Comments Add Comment

गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

३१ साउन, पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो असार दोस्रो सातायताकै सबैभन्दा बढी हो । शनिबार मात्रै गण्डकीका १० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा नवलपुरका ५, स्याङ्जाका ५ र कास्कीका ३ जना छन् । योसँग गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १९२ पुगेको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका छन् ।

गण्डकी प्रदेशभर ६ हजार १३८ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ हजार ८ सय संक्रमित होम आइसोलेसनमै उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३२ जना संक्रमितले कोरोना जितेका छन् ।

असार १५ गते गण्डकीमा ११ जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि विस्तारै संक्रमण घट्दै गएको थियो भने मृत्युदर पनि घट्दै गएको थियो । यही बीचमा मृत्युदर घटेर २४ घण्टामा एक जनाको मात्रै पनि मृत्यु भएको थियो । सोही समयमा गण्डकीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको थियो ।

सबैभन्दा बढी संक्रमित कास्कीमा

कोरोनाको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा सबैभन्दा बढी कोरोनाका सक्रिय संक्रमित कास्कीका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म कास्कीमा २ हजार ८१ जना सक्रिय संक्रमित छन् । आइतबारसम्म कास्कीका ५११ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

गण्डकीमा पछिल्लो हप्तादेखि संक्रमण बढेका कारण यहाँ रहेका सरकारी तथा निजी अस्पतालसमेत भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचार गर्ने कास्कीका दुई सरकारी अस्पताल संक्रमितले भरिएका छन् ।

संक्रमितको संख्यासँगै गम्भीर प्रकृतिका बिरामी पनि बढेको संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास गौचन बताउँछन् । गम्भीर बिरामीको संख्या बढेसँगै अक्सिजनको माग पनि बढेको उनले सुनाए । ‘यही अवस्था ररिरह्यो भने बिरामीलाई अक्सिजन कसरी पु¥याउने भन्ने समस्या फेरि उत्पन्न हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment