+

जर्मन फुटबलर गर्ड मुलरको निधन

२०७८ साउन  ३१ गते १९:३० २०७८ साउन ३१ गते १९:३०
जर्मन फुटबलर गर्ड मुलरको निधन

३१ साउन, काठमाडौं । जर्मनीका लेजेण्ड फुटबलर गर्ड मुलरको निधन भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आबद्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ ।

मुलरले बायर्नका लागि सबैखाले गरेर ६०७ खेलमा ५६६ गोल गरेका थिए । यस्तै बुन्डेसलिगामा कीर्तिमानी ३६५ गोल गरेका थिए । मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।

उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरुद्ध निर्णयक गोल गरेका थिए ।

फुटबल खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनी लामो समय बायर्नको युथ टिमको कोचको भूमिकामा थिए ।

जर्मनी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय