Comments Add Comment

डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

३२ साउन, काठमाडौं । साउन महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ ।

हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् । त्यसैले आज शिव मन्दिरमा भीड लागेको छ ।

अन्तिम सोमबार कोरोना महामारीकै बीचमा काठमाडौं र देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

हेरौं केही तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विकास श्रेष्ठ

ट्रेन्डिङ

Advertisment