Comments Add Comment

अमेरिकामा बोल्ड मलिना

नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी यतिबेला अमेरिका पुगेकी छिन् । केही दिन अगाडि अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनी अमेरिका पुगेकी हुन् । यो सौन्दर्य प्रतियोगीतामा उनी निर्णायकको रुपमा सहभागी भएकी थिइन् । मलिनाले सामाजिक संजालबाट सार्वजनिक गरेको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

अमेरिकामा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगीतामा नेपालबाट पूर्व मिस नेपालहरु सहभागी हुने गरेका छन् । नायिका मलिना जोशी नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगीतामा पनि निर्णायकको रुपमा सहभागी हुने गरेकी छिन् ।

चलचित्र बजारमा भने उनको क्रेज सुखद बन्न सकेको छैन । लगातार बक्स अफिसमा चलचित्र असफल भएपछि अन्य मिस नेपाललाई लागेको जस्तै ट्याग उनलाई पनि लागेको छ । नेपाली चलचित्रमा मिस नेपालहरु सफल हुन नसकेको आरोप लगाइन्छ । जसबाट मलिना पनि अछुतो रहन सकिनन् । उनी, केही समयदेखि प्रेममा छिन् । उनले प्रेमीसँगका तस्वीर सार्वजनिक गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment