Comments Add Comment

नातागोतालाई किन चामलका झोला पठाउँदैछन् जापानीहरू ?

कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरू  आफ्ना आफन्त तथा प्रियजनहरूसँग जमघट र भेटघाटसमेत गर्न नपाउने अवस्था छ ।

आफ्ना आफन्तका नवजात बच्चाहरू तथा बयोवृद्ध व्यक्तिहरूसँग भेट गर्नका लागि समेत कोरोनाले निकै असहज बनाइदिएको छ । यस्तोमा नवजात बच्चाले आफ्ना सबै आफन्त देख्नै नपाइकनै हुर्किने अवस्थाको सिर्जना भैरहेको छ । यो अवस्था विकसित मुलुक जापानमा पनि रहेछ । तर जापानीहरू चाहिँ कोरोनाको कारण नवजात शिशुलाई हेर्न आउन नपाएका आफ्ना आफन्तहरूको न्याश्रो मेटाइदिनका लागि अनौठो उपाय अपनाउन थालेका छन् ।

नयाँ बच्चा जन्माएका जापानी अभिभावकहरूले आफ्ना आफन्तलाई चामल भरिएको झोला उपहार पठाइदिने गरेका छन् ।

ठ्याक्कै बच्चा आकारको उक्त चामलको झोलालाई जापानी भाषामा दाकिगोकोची भनिन्छ । उक्त बच्चा आकारको चामल भरिएको झोलामा बाहिर बच्चाकै जस्तो कपडा लगाइएको हुन्छ । त्यसको अनुहार तथा शरीर पनि बच्चाकै जस्तो बनाइएको हुन्छ र तौल पनि नवजात शिशुको जत्तिकै बनाइएको छ ।

आफ्नोमा जन्मिएको बच्चासँग भेट गर्न आउन नपाएका आफन्तकहाँ यस्तो बच्चाकै आकारको झोला पठाएपछि आफन्तहरूले बच्चाको न्याश्रो मेट्न पाउन् र त्यो झोलालाई अँगालो हालेर बच्चाकै आनन्द लिन सकुन् भनेर जापानी अभिभावकहरूले यस्तो काइदा अपनाएका हुन् ।

सामाजिक दूरी तथा यात्रा प्रतिबन्धको नियममा कडाइसँगै पछिल्लो समय नयाँ बच्चा जन्मिने जापानी परिवारहरूले आफन्तलाई चामलको झोला उपहार पठाउने चलन निकै बढेको छ ।

जापानको सबैभन्दा लोकप्रिय मध्येको एक चामल पसल योसिमियाले आफ्नो वेबसाइटमा भनेको छ – यो झोलाको सतह जापानी कागजबाट बनाइएको हुन्छ त्यसैले छुँदा पनि आनन्द आउँछ । साथै आकार पनि गोलो हुनुका साथै चामल भरिसकेपछि नरम र गद्दार हुन्छ । जसका कारण यसमा स्नेहकै अनुभव हुन्छ ।

यद्यपि जापानमा दाकिगोकोची नयाँ चलन होइन । तर महामारीका कारण मानिसहरू विवाह तथा नवजात शिशु भेट्ने कार्यका लागि लामो यात्रा गर्न नपाउने भएसँगै यसको माग अत्यन्तै बढेको हो ।

योसिमिया पसलका मालिक नारुओ ओनोका अनुसार १४ वर्ष अगाडि आफ्नो छोरा जन्मिएको बेलामा उनलाई सुरूमा त्यो आइडिया आएको रहेछ । आफ्नो बच्चालाई भेट्न आउन नपाएका टाढा टाढाका आफन्तलाई बच्चाको न्याश्रो मेटाउनका लागि उनले यस्तो चामलका बच्चारुपी झोला बनाएर पठाएका थिए । उक्त कार्यलाई उनको पसलमा आउने ग्राहकहरूले समेत मन पारेपछि उनले यस्ता झोला व्यवसायिक रुपमा उत्पादन गर्न थालेका हुन् ।

विभिन्न रङ, ढाँचा तथा विभिन्न स्वरुपको प्रिन्टमा उपलब्ध दाकिगोकोचीको मूल्य प्रतिग्राम एक जापानकी येनको दरमा पर्दछ । अर्थात् साढे ३ किलोको झोलाको मूल्य ३५ सय येन पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment