Comments Add Comment

भिडियोमा सुमीको क्रेज कस्तो ?

नायिका तथा मोडल सुमी मोक्तानले गतबर्ष आयोजना भएको ‘डान्सिङ विथ दि स्टार’को उपाधि जितिन् । सुमीको डान्सले धेरैलाई प्रभावित बनायो । उनै, सुमी गायक प्रदिप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को भिडियोमा देखिएकी छि । यो गीतमा हस्त लामाको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा सुमीको साथमा भीमफेदी गाइजको पनि नृत्य हेर्न सकिन्छ । सूर्य लामाले छायांकन र सम्पादन गरेको यो भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् । गायक लामा विगत ८ बर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छ । मोडल तथा नायिका सुमीको नृत्यलाई दर्शकले भिडियोमा मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment