Comments Add Comment

यामाहा नेपालद्वारा प्रहरीलाई दुई मोटरसाइकल सहयोग

एमएडब्लूले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड-२५ र सालुटो नामका दुईवटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको छ ।

कालिमाटी प्रहरी बीटमा साउन ३२ गते सम्पन्न हस्तान्तरण समारोहमा यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह र प्रहरी उपरिक्षक अपिल राज बोहराको उपस्थिति थियो ।

शान्तिपूर्ण गस्तीका निम्ति नेपाल प्रहरीले यी मोटरसाइलहरूको प्रयोग गर्नेछ ।

‘सामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षा बललाई सहयोग गर्न पाउनु सदैव अहोभाग्यको कुरा हो’, यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment