Comments Add Comment

गुल्मीमा निषेधाज्ञा फेरि खुकुलो बनाइयो

१ भदौ, गुल्मी । गुल्मीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ १० गतेसम्म थप्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अनुसार पसल व्यवसायहरु, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेन्टहरु टेक अवे सेवालाई प्रथामिकता दिँदै दिउँसो तीन बजेसम्म खुल्ने भएका छन् ।

निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गनतव्यमा पुग्ने गरी चल्न पाउने भएका छन् ।

जिल्लामा संचालित शैलुन, ब्यूटिपार्लरहरु, शैक्षिक संस्थाहरु भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लाभर कोरोना संक्रमण दर निरन्तर बढिरहेकाले अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

कोरोनाका संक्रमित निरन्तर बढेपनि लकडाउन खुकुलो बनाएपछि नागरिकमा फेरि पनि कोरोना संक्रमणको त्रास छाएको छ । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ६११ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लागाउको संख्या ५१ हजार ४६० जना रहेका छन् ।
दोस्रो मात्राको खोप लागाउको संख्या ३३ हजार ७०९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment