Comments Add Comment

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त

१ भदौ, काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो । प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment